न्यूजील्याण्डले इरान र इजरायलमा रहेका आफ्ना नागरिकको उद्धारका लागि सैन्य विमान पठाउँदै – New Zealand News Nepal (NZ News Nepal)

न्यूजील्याण्डले इरान र इजरायलमा रहेका आफ्ना नागरिकको उद्धारका लागि सैन्य विमान पठाउँदै

   June 23, 2025  

न्यूजील्याण्ड सरकारले इरान र इजरायलमा अड्किएका आफ्ना नागरिकहरूलाई उद्धार गर्न सोमबार (आज) एक सैन्य विमान पठाउने तयारी गरेको छ। रक्षा मन्त्रालयका अनुसार न्यूजील्याण्ड रक्षा बल (NZDF) को C-130 हरक्युलिस विमान आज अकल्याण्डबाट उडान भर्नेछ।

सरकारी स्रोतका अनुसार यो विमानले दुबई हुँदै इरान र इजरायलमा पुग्नेछ र त्यहाँ रहेका न्यूजील्याण्डका नागरिकहरूको उद्धार कार्य सञ्चालन गर्नेछ। विमानमा एक वरिष्ठ क्यमाण्डरको नेतृत्वमा उद्धार टोली रहनेछ, जसमा कन्सुलर अधिकारीहरू र मेडिकल स्टाफ पनि समावेश छन्।