बेल्जियम पुगेका प्रधानमन्त्री लक्सन भोलि नेदरल्याण्ड्स जाँदै, नेटो सम्मेलनमा सहभागी हुने – New Zealand News Nepal (NZ News Nepal)

बेल्जियम पुगेका प्रधानमन्त्री लक्सन भोलि नेदरल्याण्ड्स जाँदै, नेटो सम्मेलनमा सहभागी हुने

   June 23, 2025  

प्रधानमन्त्री क्रिस्टोफर लक्सन हाल बेल्जियमको भ्रमणमा छन् र भोलि र पर्सि नेदरल्याण्ड्सको हेग (The Hague) मा हुने नेटो (NATO) सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको छ। उक्त सम्मेलनमा विश्वभरका नेताहरूको उपस्थिति रहनेछ, जहाँ अन्तर्राष्ट्रिय सुरक्षा, रणनीतिक सहकार्य, तथा भूराजनीतिक विषयमा छलफल हुनेछ।

प्रधानमन्त्री लक्सनको यो भ्रमण न्यूजील्याण्डको अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ पार्नेसुरक्षा रणनीति सुदृढीकरणमा योगदान पुर्‍याउने उद्देश्यले गरिएको हो।

लक्सन यसअघि चीनको भ्रमण सकेर बेल्जियम आएका हुन्। उनको भ्रमणको अन्तिम चरणमा हेग भ्रमण रहनेछ र बुधबार न्यूजील्याण्ड फर्किने कार्यक्रम रहेको छ।