न्यूजिल्याण्डद्वारा ‘क्षेत्री’ र ‘पहारी’ थर गरेका दुई नेपाली ‘डीपोर्ट’

3.7K Shares

न्यूजिल्याण्ड सरकारले अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा दुई नेपाली नागरिकलाई निष्कासन (डीपोर्ट) गरेको छ। डीपोर्ट गरिएका व्यक्तिहरू क्षेत्री र पहारी थरका रहेको स्रोतले जनाएको छ।

उनीहरू सिंगापुर एयरलाइन्समार्फत सिंगापुर हुँदै हिजो मात्र काठमाडौं आइपुगेका हुन्। यद्यपि, उनीहरूले न्यूजिल्याण्डको अध्यागमन नियमअनुसार कुन कुन धारामा उल्लंघन गरेका थिए भन्ने विषयमा अधिकारिक रूपमा खुलाइएको छैन।

न्यूजिल्याण्डको अध्यागमन विभागले पछिल्लो समय विदेशी नागरिकहरूमाथि निगरानी कडा बनाउँदै आएको छ। विशेष गरी अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि आप्रवासी नीति कडा हुँदै गएको र त्यसको असर अन्य मुलुकहरूमा पनि परेको देखिएको छ। त्यसकै प्रभावस्वरूप न्यूजिल्याण्ड सरकारले पनि अध्यागमन नीति कडा बनाउँदै आएको हो।

पछिल्लो समय अवैध बसोबास, भिसा अवधि नाघेर बस्ने, काम गर्ने अनुमति नभएका क्षेत्रमा काम गर्ने र झुटो विवरण दिने जस्ता विषयमा निगरानी बढाइएको छ। यस्ता कडाइका कारण धेरै नेपालीहरू प्रभावित भइरहेका छन्।

सम्बन्धित समाचार

सबै