विद्यार्थीलाई हप्ताको २५ घण्टा काम गर्ने अधिकार दिने न्यूजील्याण्ड सरकारको घोषणा – New Zealand News Nepal (NZ News Nepal)

विद्यार्थीलाई हप्ताको २५ घण्टा काम गर्ने अधिकार दिने न्यूजील्याण्ड सरकारको घोषणा

   July 14, 2025  

न्यूजील्याण्ड सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको हितमा एक महत्वपूर्ण निर्णय लिँदै नोभेम्बरदेखि विद्यार्थीहरूलाई हप्ताको २५ घण्टा काम गर्ने अधिकार दिने घोषणा गरेको छ। हालसम्म विद्यार्थीहरूले हप्ताको २० घण्टा मात्र काम गर्न पाउने व्यवस्था थियो। सरकारले हालै सार्वजनिक गरेको ‘International Education Going for Growth Plan’ अन्तर्गत यस निर्णयलाई आगामी नोभेम्बरदेखि कार्यान्वयन गरिने स्पष्ट गरिएको छ। यो योजना अनुसार:

अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रबाट हुने वार्षिक आयलाई २०३४ सम्म ७.२ अर्ब डलर पुर्‍याउने लक्ष्य छ।

हाल ८३,७०० रहेको अन्तर्राष्ट्रिय विद्यार्थी संख्या २०३४ सम्म १ लाख १९ हजार पुर्‍याउने योजना छ।

न्यूजील्याण्डलाई अध्ययनको लागि “Top 3 Destination” मा राख्ने विद्यार्थीको प्रतिशत बढाउने प्रयास पनि यो योजनाले गर्नेछ।

यो निर्णयले नेपाली लगायत सम्पूर्ण अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई अध्ययनसँगै आर्थिक बोझ हल्का पार्न मद्दत गर्नेछ। यसले विद्यार्थीलाई आत्मनिर्भर बनाउनुका साथै देशको श्रम बजारमा पनि सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।