चर्चित नेपाली गायक राजु लामा र उनको प्रसिद्ध ब्याण्ड मंगोलियन हार्टको न्यूजील्याण्ड टुर आगामी साताबाट सुरू हुँदैछ। आउँदो शनिबार अर्थात् अगस्ट २ तारिखका दिन Christchurch मा राजु लामाले आफ्नो पहिलो प्रस्तुति दिनेछन्। Christchurch बाहेक उनले Auckland र Tauranga मा पनि सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ।
Sambandha Events को आयोजनामा हुने यो सांगीतिक यात्राअन्तर्गत अगस्ट २ मा Christchurch, अगस्ट ८ मा Auckland, र अगस्ट १० मा Tauranga मा कार्यक्रमहरू तय गरिएको आयोजकले जनाएको छ।
राजु लामाले नेपाली आधुनिक, पप, र लोक संगीतको आकर्षक सम्मिश्रणमार्फत लाखौं दर्शकको मन जितेका छन्। उनका चर्चित गीतहरूमा ‘बादल पारिको देशबाट’, ‘हल्ला चलेछ’, ‘पर्खाइमा’, ‘उँभो उँभो खाशा’, ‘तिमीलाई देखेर’, ‘गाजलु टीका’, ‘मेरो नेपाल’, ‘ओइ नाना’, ‘हेर्दा हेर्दै’, ‘यो जुनिमा’, ‘एक जोडि नयन’, ‘घर मेरो पूर्व’, ‘सैलुङ पोङदी’, र ‘भाई टिका’ लगायतका लोकप्रिय गीतहरू रहेका छन्।


