न्युजिल्याण्डमा कोरोना भाईरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तिव्र रुपमा बढेकाले सरकारले आजै राती देखि लकडाउन लगाउने भएको छ । अघिल्लो समयजस्तो यो पटक भने अलर्ट लेभल भने छैन । न्युजिल्याण्ड सरकारले ट्राफिक लाईट सिस्टम ल्याए सँगै आज मध्य रात १२ बजे बाट देश रेड ट्राफिक लाईट सिस्टममा जाने छ । यो अघिल्लो समयको लेभल ३ लकडाउन सरह हो । तर यो लेभल ३ जस्तो कडा लकडाउन भने होइन । रेड ट्राफिक लाईट सिस्टममा केही नियम भने पालना गर्नु पर्ने छ । सार्वजनिक ठाउँमा मास्कको अनिवार्य प्रयोग , भ्याक्सिन पास अनिवार्य लगायतका नियम यथावत रहे पनि , सार्वजनिक ठाउँमा भ्याक्सिन लगाएका १०० जना सम्म जम्मा हुन पाउने छन् , भने रेस्टुराँ, क्याफे, जिम, सिनेमा हल पनि रेड ट्राफिक लाईट सिस्टममा खुल्ने छन् । संक्रमणको प्रकृति हेरेर स्कुल खोल्ने या बन्द गर्ने निर्णय लिन सकिने छ । त्यस्तै बिना भ्याक्सिन पास भने २५ जना सम्म सार्वजनिक स्थानमा जम्मा हुन पाउने छन् । यो समाचार अपडेट हुँदै छ……