न्यूजील्याण्ड आइपुगे ‘गायक राजु लामा र मंगोलियन हार्ट’ – New Zealand News Nepal (NZ News Nepal)

न्यूजील्याण्ड आइपुगे ‘गायक राजु लामा र मंगोलियन हार्ट’

   July 31, 2025  

प्रसिद्ध नेपाली गायक राजु लामा र उनको लोकप्रिय ब्याण्ड मंगोलियन हार्ट न्यूजील्याण्ड आइपुगेका छन्। उनीहरू आज नेपालबाट क्राइस्टचर्च अवतरण गरेका हुन्।

राजु लामा र उनको टोली न्यूजील्याण्डमा तीनवटा कन्सर्ट दिने कार्यक्रम रहेको छ। पहिलो कन्सर्ट अगस्ट २ मा क्राइस्टचर्च मा, दोस्रो अगस्ट ८ मा अकल्याण्ड मा र तेस्रो कन्सर्ट अगस्ट १० मा टौरंगा मा आयोजना हुनेछ।

सांगीतिक प्रस्तुति मात्र नभई, टोलीले न्यूजील्याण्डका केही रमणीय स्थलहरू पनि भ्रमण गर्ने योजना बनाएको छ। कन्सर्टका साथसाथै, टोलीले न्यूजील्याण्डको साउथ आइल्याण्ड मा पर्ने क्विन्सटाउन लगायतका रमणीय स्थलहरूको पनि भ्रमण गर्ने योजना बनाएको बताइएको छ।

नेपाली संगीत प्रेमीहरूका लागि यो अवसर एक ऐतिहासिक पल बन्नेछ। आयोजकहरूले कन्सर्टहरू भव्य र स्मरणीय हुने विश्वास व्यक्त गरेका छन्।