प्यालेस्टाइनलाई राज्यको मान्यता दिन न्युजिल्याण्ड सरकार हतार नगर्ने : प्रधानमन्त्री लकसन – New Zealand News Nepal (NZ News Nepal)

प्यालेस्टाइनलाई राज्यको मान्यता दिन न्युजिल्याण्ड सरकार हतार नगर्ने : प्रधानमन्त्री लकसन

   August 25, 2025  

न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लकसनले प्यालेस्टाइनलाई राज्यका रूपमा मान्यता दिने विषयमा सरकार हतार नगर्ने स्पष्ट पारेका छन्। हालै संयुक्त राष्ट्रसंघ समर्थित निकायले गाजामा दुष्काल भएको औपचारिक घोषणा गरे पनि न्युजिल्याण्डले तत्काल निर्णय नलिने प्रधानमन्त्री लकसनले बताएका हुन्।

उनका अनुसार प्रत्येक देशले आफ्नै प्रक्रियाबाट अघि बढ्ने भएकाले न्युजिल्याण्ड पनि आफ्नो दृष्टिकोण तयार पार्दैछ र यसबारे आगामी सेप्टेम्बरसम्म थप जानकारी दिने तयारी गरिएको छ।

लकसनले गाजाको अवस्था अत्यन्तै पीडादायी र अस्वीकार्य भएको भन्दै तत्काल युद्धविराम र दुई राष्ट्र समाधानतर्फ फर्किनैपर्ने आवश्यकता औंल्याएका छन्।