न्युजिल्याण्ड सरकारले किराना सामानको मूल्य घटाउने योजना आज सार्वजनिक गर्ने भएको छ।
अर्थमन्त्री निकोला विलिसले आज बुधबार दिउँसो २ बजे किराना मूल्यबारे “श्रृंखलाबद्ध घोषणा” गर्दै योजना सार्वजनिक गर्ने बताएकी छन्।
स्ट्याट्स एनजेडका अनुसार जुलाई २०२५ सम्मको एक वर्षमा किराना मूल्य ५.१ प्रतिशतले बढेको छ। दूध, घ्यू (बटर) र चीज मूल्यवृद्धिको मुख्य कारण बनेका छन्। यसमा पनि बटरको मूल्य चकित पार्ने गरी ४२.२ प्रतिशतले बढ्दै प्रति ५०० ग्राम ब्लक ८.५९ डलर पुगेको तथ्यांकले देखाएको छ।
जीवनयापन खर्च महँगिँदै जाँदा सरकारमाथि दबाब बढिरहेका बेला उपभोक्ताहरू मूल्य घटाउने योजनाबारे सरकारको कदमप्रति प्रतीक्षारत छन्।


