न्युजिल्याण्डमा रहेका नेपाली महिलाहरूले हरितालिका तीज मनाएका छन् । बिभिन्न शहरमा रहेका नेपाली समाजहरुले नेपाली चेलीबेटीको लागि तीज कार्यक्रम आयोजना गरेको हो । परम्परागत भेषभूषा, नाच–गान र धार्मिक विधिविधानसहित तीज पर्व देशका विभिन्न सहरहरूमा आयोजना गरिएको थियो।
अकल्याण्ड, क्राइष्टचर्च, वेलिङ्टन, नेल्सन, ह्यामिल्टन, हक्स बे, बे अफ प्लेन्टी, नेपियर, न्यु प्लाईमाउथ, पाल्मेशन नर्थ, क्विन्सटाउन, साउथल्याण्ड लगायतका शहरहरूमा नेपाली समाजले विशेष कार्यक्रमहरू आयोजना गरेका थिए।
कतिपय स्थानमा स्थानीय मन्दिरमा पूजा–पाठ तथा व्रत बसाइ गरिएको थियो भने धेरैजसो क्षेत्रमा सामुदायिक भवनहरूमा गीत–संगीत, भजन र सामूहिक नृत्यसहितका कार्यक्रमले तीजलाई अझै रौनकता थपेको थियो।
सबै नेपाली दिदीबहिनी मिलेर तीज मनाउन पाउँदा आनन्दको अनुभूति महसुस भएको उपस्थितहरुले बताएका थिए । कार्यक्रममा दर ख्वाउनुका साथै शुभकामना आदान-प्रदान गरिएको थियो । तीज जस्तो पर्वले सबैलाई जोड्ने र चेलीबेटीहरूको भावनालाई समेट्ने हुँदा यो आफैँमा विशिष्ट रहेको सहभागीले बताएका छन् ।
न्युजिल्याण्डका बिभिन्न शहरमा रहेका नेपाली सोसाईटीहरुले नेपालीहरुको चाडपर्व दसैं, तिहार, तीज, होली लगायत एकआपसमा शुभकमना आदान प्रदान गर्दै मनाउने गरेका छन् ।
तस्बिरमा हेर्नुहोस् : न्युजिल्याण्डको तीज उत्सव


















