मिस नेपाल २०२५ को उपाधि लुना लुँइटेललाई – New Zealand News Nepal (NZ News Nepal)

मिस नेपाल २०२५ को उपाधि लुना लुँइटेललाई

   August 31, 2025  

‘मिस नेपाल २०२५’ को उपाधि यस वर्ष लुना लुँइटेलले जितेकी छिन्।

शनिबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा भव्य समारोहका बीच आयोजना गरिएको ग्राण्ड फिनालेमा आयोजक संस्था ‘द हिडन ट्रेजर’ले लुँइटेललाई मिस नेपाल २०२५ घोषणा गरेको हो।

फिनाले कार्यक्रममा निर्णायक मण्डलले प्रतियोगीहरूको प्रस्तुतिको आधारमा लुँइटेललाई उपाधिका लागि सर्वश्रेष्ठ घोषणा गरे।

यससँगै उनले आगामी वर्ष विभिन्न सामाजिक अभियानमा सहभागी भई मिस नेपालको प्रतिनिधित्व गर्नेछिन् र अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई प्रस्तुत गर्ने अवसर पाउनेछिन्।

यो वर्षको प्रतिस्पर्धामा देशभरका युवतीहरुको व्यापक सहभागिता थियो। काठमार्डौँसहित देशका विभिन्न सहरमा आयोजना गरिएका अडिसनबाट २६ जना प्रतिस्पर्धी फाइनलमा छानिएका थिए।

उनीहरूले सौन्दर्य, प्रतिभा, बौद्धिक क्षमता र व्यक्तित्व विकाससम्बन्धी विभिन्न चरण पार गरेर फाइनलसम्मको यात्रा पूरा गरेका थिए।