NZ News Nepal न्युजिल्याण्ड मिडिया काउन्सिलमा आधिकारिक रूपमा दर्ता – New Zealand News Nepal (NZ News Nepal)

NZ News Nepal न्युजिल्याण्ड मिडिया काउन्सिलमा आधिकारिक रूपमा दर्ता

   September 23, 2025  

न्युजिल्याण्डको पहिलो नेपाली अनलाइन समाचार पोर्टल NZ News Nepal औपचारिक रूपमा न्युजिल्याण्ड मिडिया काउन्सिल (New Zealand Media Council) मा दर्ता भएको छ।

मिडिया काउन्सिलमा दर्ता हुनु न्युजिल्याण्डको नेपाली भाषाको पत्रकारिता क्षेत्रमा NZ News Nepal को विश्वसनीयता, पारदर्शिता र समाचार आचारसंहिताप्रतिको प्रतिबद्धताको महत्वपूर्ण मान्यता मानिएको छ। यससँगै पोर्टलले अब आधिकारिक रूपमा प्रेस स्वतन्त्रता, पत्रकार आचारसंहिता र तथ्यपरक समाचारप्रतिको उत्तरदायित्वसहित समाचार सामग्री प्रकाशन गर्नेछ।

NZ News Nepal का संस्थापक तथा निर्देशक आशिष भट्टराईले भने,
“यो हाम्रो लागि ठूलो उपलब्धि मात्र नभई न्यूज़ील्याण्डमा बस्ने नेपाली समुदायको आवाजलाई मुख्यधारको मिडिया संरचनासँग जोड्ने अवसर हो। हामी अझ जिम्मेवार पत्रकारिताप्रति समर्पित रहनेछौं।”

यसअघि NZ News Nepal ले नेपाली समुदायसँग सम्बन्धित खबर, विचार, अन्तरवार्ता र न्युजिल्याण्डका ताजा घटनाक्रमहरूलाई प्राथमिकता दिँदै आएको छ। मिडिया काउन्सिलमा दर्ता भएपछि यसको विश्वसनीयता र प्रभाव अझ बढ्ने विश्वास गरिएको छ।

न्यूज़ील्याण्ड मिडिया काउन्सिल स्वतन्त्र नियामक निकाय हो, जसले समाचार माध्यमहरूको गतिविधि अनुगमन गर्ने, आचारसंहिताको पालना गराउने र समाचार सामग्रीसम्बन्धी गुनासो समाधान गर्ने जिम्मेवारी वहन गर्छ।

यसअघि NZ News Nepal ले नेपाली समुदायसँग सम्बन्धित खबर, विचार, अन्तरवार्ता र न्यूज़ील्याण्डका ताजा घटनाक्रमहरूलाई प्राथमिकता दिँदै आएको छ। मिडिया काउन्सिलमा दर्ता भएपछि यसको विश्वसनीयता र प्रभाव अझ बढ्ने विश्वास गरिएको छ।