काठमाडौँमा भएको जेनजीको प्रदर्शन तनावग्रस्त भएको छ। प्रदर्शनमा प्रहरीको गोली लागेर ६ जनाको मृत्यु भएको बताइएको छ। चारजनाको ट्रमा सेन्टरमा र २ जनाको सिभिल अस्पतालमा मृत्यु भएको स्रोतले जानकारी दिएको छ।
प्रदर्शनमा सय बढी घाइते भएका छन्। घाइतेहरूलाई सिभिल अस्पताल, एभरेस्ट अस्पताल र पाटन अस्पतालमा उपचारका लागि लगिएको छ।


