उत्तरी नर्थ आईल्याण्डमा भारी वर्षा , मौसम पूर्ण रुपमा खुल्न अझै एक साता लाग्ने

360 Shares

नर्थ आईल्याण्डका बिभिन्न भागमा लगातार दुई दिन देखि भारी वर्षा भईरहेको छ । बिशेषगरि नर्थ आईल्याण्डको उत्तरी क्षेत्रमा मौसममा बद्ली आएको हो । यहाँ लगातार दुई दिन देखि पानी परिरहेको छ । नर्थ आईल्याण्डको अकल्याण्ड, ह्यामिलटन, रोतोरुवा, तउरंगा, गिस्बोर्न र न्यापियरमा अहिले भारी वर्षा भईरहेको छ । त्यस्तै ताउपो, मास्टरटन र न्यु प्लाईमाउथ मा पनि मध्यम खालको वर्षा भईरहेको छ । न्युजिल्याण्ड मौसम बिभागका अनुसार नर्थ आईल्याण्डको उत्तरी क्षेत्रमा मौसम पूर्ण रुपमा खुल्न अझै एक साता लाग्ने छ । बुधवारबाट वर्षा कम भएपनी आकाशमा बादल सकृय हुने भएकाले अझै केही दिन हल्का देखि मध्यम खालको वर्षा भईराख्ने अनुमान गरिएको छ । भारी वर्षाका कारण सडकमा गाडीको ट्राफिकमा सामान्य असरका अलावा अन्य प्रभाव नपरेको टि.भी एनजेडले जनाएको छ ।

सम्बन्धित समाचार

सबै