कुलमान घिसिङ, ओमप्रकाश अर्याल र रामेश्वर खनाल मन्त्री बन्दै – New Zealand News Nepal (NZ News Nepal)

कुलमान घिसिङ, ओमप्रकाश अर्याल र रामेश्वर खनाल मन्त्री बन्दै

   September 15, 2025  

काठमाडौं ।  सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सहभागी हुने तीन मन्त्रीको नाम करिब टुङ्गो लागेको छ ।

अर्थमन्त्रीमा पूर्व अर्थ सचिव समेत रहेका अर्धविज्ञ डा रामेश्वर खनाल नियुक्त हुँदै छन् भने उर्जा, भाैतिक पुर्वाधार र शहरी विकास मन्त्रीमा कुलमान घिसिङ तथा कानुन मन्त्रीमा ओम प्रकाश अर्यालको कबिर पक्का भएको छ । उनलाई गृहसहित कानुन मन्त्रालयको पनि जिम्मेवारी दिन लागिएको छ।

अर्याल  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को कानुनी सल्लाहकार बनेर काम गरेका छन् भने घिसिङ नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक थिए ।