नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्षको दशैं (विजयादशमी) टीकाको उत्तम साइत असोज १६ गते (२०८२ साल) बिहान ११ बजेर ५३ मिनेटमा परेको छ।
त्यस्तै घटस्थापनाको दिन असोज ६ गते सोमबार बिहान ९:१३ बजे जमरा राख्ने उत्तम साइत रहेको छ। असोज ७ गते बिहान ९:५३ बजे सरकारी कार्यालयमा झण्डा फेर्ने साइत तोकिएको छ भने असोज १३ गते बिहान ७:१५ बजे फुलपाती भित्र्याउने उत्तम साइत रहेको छ।
न्युजील्याण्डमा भने दशैंको साइत कति बजे छ भन्ने कुरा सार्वजनिक गरिएको छैन। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले नेपालका लागि निकालिएको शुभ साइतलाई अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशको समयअनुसार सार्वजनिक गर्नेछ।


