न्युजील्याण्डमा चिनियाँ नागरिकमाथि जासुसी र धम्कीको आरोप, चिनियाँ दूतावासले जनायो आपत्ति

291 Shares

वेलिङ्टन – चीनको दूतावासले न्युजील्याण्डको गोप्य सेवा एजेन्सीमाथि चिनियाँ नागरिकहरूलाई एयरपोर्टमा धम्की र जाँच-पड्ताल गर्ने आरोप लगाएको छ। दूतावासको अनुसार, हालै एक यात्रीलाई कुनै कारण नदेखाइ सोधपुछ गरिएको र उनका व्यक्तिगत डिजिटल उपकरणहरू सुरक्षा एजेन्सीहरूले जब्त गरेको थियो।

मंगलबार प्रकाशित गरेको बयानमा दूतावासले विदेश तथा व्यापार मन्त्रालय (MFAT) समक्ष “गम्भीर आपत्ति” पेश गरिएको जानकारी दिँदै, आवश्यक परे थप कदम चाल्ने अधिकार सुरक्षित राखेको जनाएको छ।

बयानमा भनिएको छ, “हाम्रो नागरिकलाई कुनै कारण देखाइ नगरी NZ सुरक्षा तथा जासुसी एजेन्सीको कर्मचरीले धम्की र सोधपुछमा संलग्न भएका थिए। उनका व्यक्तिगत डिजिटल उपकरणहरू जब्त गरिएको छ, जसमध्ये केही अझै फिर्ता भएको छैन।”

चीनले अन्यत्र पनि यस्ता घटनाहरू भएको उल्लेख गर्दै, यस्ता अनुचित कार्य तुरुन्त रोकिने माग गरेको छ। यसले चीनका विद्यार्थी, पर्यटक र अन्य यात्रुहरूको सुरक्षित, निष्पक्ष र भेदभावरहित वातावरणमा यात्रा गर्ने अधिकारको उल्लङ्घन भएको बताएको छ।

दूतावासले न्युजील्याण्ड जाने चिनियाँ नागरिकलाई “सावधान रहन” र कुनै धम्की वा भेदभावको अनुभव भए कन्सुलर अधिकारीलाई जानकारी दिन आग्रह गरेको छ।

चिनियाँ पक्षले आवश्यक परे थप प्रतिक्रिया दिने अधिकार सुरक्षित रहेको चेतावनी दिएको छ।

सम्बन्धित समाचार

सबै