न्यूजील्याण्डकी अर्थमन्त्री निकोला विलिसको राजीनामा माग – New Zealand News Nepal (NZ News Nepal)

न्यूजील्याण्डकी अर्थमन्त्री निकोला विलिसको राजीनामा माग

   September 18, 2025  

न्यूजील्याण्डका पूर्व अर्थमन्त्री रोजर डगलसले अर्थमन्त्री निकोला विलिसलाई राजीनामा दिनुपर्ने बताएका छन्। अकल्याण्ड विश्वविद्यालयका म्याक्रोइकोनोमिक्स विभागका अध्यक्ष रोबर्ट म्याककलोचसहित उनले बिहीबार स्ट्याट्स एनजेडले सार्वजनिक गरेको तथ्यांकले देशको जीडीपीमा आएको गिरावटको दोष विलिसको नीतिलाई दिएको छ।

डगलस र म्याककलोचको संयुक्त वक्तव्यमा भनिएको छ, “विलिसले बढ्दो राजस्व घाटा र सार्वजनिक ऋणलाई नियन्त्रण गर्न असफल हुँदा न्यूजील्याण्डलाई ‘ध्वस्त’ बनाउँदै छिन्। उनको आफ्नै ट्रेजरीले न्यूजील्याण्ड घाटाबाट निस्कँदैछ भन्ने दाबीलाई खारेज गरेको छ। ट्रेजरीको दीर्घकालीन वित्तीय पूर्वानुमानले वृद्ध जनसंख्या कारण पेंशन र स्वास्थ्य खर्च बढेर घाटा नियन्त्रण बाहिर जाने देखाएको छ।”

विलिसमाथि “काम गर्न योग्य छैनिन् र न्यूजील्याण्डका जनतालाई सत्य कुरा बताइरहेकी छैनिन्” भन्ने आरोपसमेत लगाएका छन्।

विलिसको कार्यालयले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन।