फागुन २१ गते हुने निर्वाचनमा विदेशमा रहेका नेपालीले मत दिन पाउने – New Zealand News Nepal (NZ News Nepal)

फागुन २१ गते हुने निर्वाचनमा विदेशमा रहेका नेपालीले मत दिन पाउने

   September 18, 2025  

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा विदेशमा रहेका नेपाली नागरिकलाई पनि मतदानको व्यवस्था मिलाउने सरकारको तयारी भएको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार निर्वाचन आयोगमा भएको छलफलमा कम्तीमा पनि समानुपातिकतर्फ विदेशी नेपालीलाई मतदानको अवसर दिनुपर्ने बाध्यता रहेको बताए। उनका अनुसार यस विषयमा निर्वाचन आयोगले पहल गर्नुपर्नेछ र सरकारले आवश्यक अध्यादेश ल्याउने तयारी गरेको छ।

अर्यालले सर्वोच्च अदालतको आदेशअनुसार सकेसम्म धेरै देशमा रहेका नेपालीलाई मतदानको अवसर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार सम्भव हुने देश र सहरहरूमा सम्बन्धित देशको दूतावासमार्फत मतदानको व्यवस्था मिलाइनेछ।

यस्तै, विदेशमा रहेका नेपालीलाई “नो भोट” (मत नहाल्ने विकल्प) को व्यवस्था समेत उपलब्ध गराइने उल्लेख गरिएको छ।