स्विडिस अर्थशास्त्री डा. अन्ना ब्रेमन रिजर्भ बैंकको नयाँ गभर्नरमा नियुक्त – New Zealand News Nepal (NZ News Nepal)

स्विडिस अर्थशास्त्री डा. अन्ना ब्रेमन रिजर्भ बैंकको नयाँ गभर्नरमा नियुक्त

   September 24, 2025  

स्विडिस अर्थशास्त्री डा. अन्ना ब्रेमनलाई रिजर्भ बैंक (केन्द्रीय बैंक) को नयाँ गभर्नरका रूपमा नियुक्त गरिएको छ।

स्टकहोम स्कूल अफ इकनमिक्सबाट अर्थशास्त्रमा पीएचडी हासिल गरेकी ब्रेमन पहिले स्वेडबैंकमा समूह प्रमुख अर्थशास्त्री (ग्रुप चीफ इकोनोमिस्ट) थिइन्। उनले यसअघि स्विडिस वित्त मन्त्रालय, विश्व बैंक र अमेरिकामा शैक्षिक अर्थशास्त्रीका रूपमा पनि काम गरिसकेकी छन्।

ब्रेमनले आफ्नो प्राथमिकता स्थिर र कम मुद्रास्फीति कायम राख्ने रहेको बताएकी छिन्।

अर्थमन्त्री निकोला विलिसले ब्रेमनसँग “प्राविधिक दक्षता र संस्थागत नेतृत्वको प्रभावशाली संयोजन” रहेको भन्दै स्वागत गरेकी छिन्। Labour पार्टीले पनि उनको नियुक्तिको स्वागत गर्दै ब्रेमनको “उल्लेखनीय पृष्ठभूमि” रहेको प्रतिक्रिया दिएको छ।

गत मार्चमा तत्कालीन गभर्नर एड्रियन ओरले सरकारसँगको वित्तीय विवादका कारण अचानक राजीनामा दिएपछि झण्डै छ महिनापछि नयाँ गभर्नर नियुक्त गरिएको हो।