पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री सुशीला कार्की – New Zealand News Nepal (NZ News Nepal)

पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री सुशीला कार्की

   September 25, 2025  

नेपाली प्रधानमन्त्री सुशीला कार्कीले आज (बिहीबार) राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्। जेनजी विद्रोहका बलमा गठित अन्तरिम सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे (न्युजिल्याण्डको समयअनुसार मध्यरात १२:१५ बजे) राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन्।

प्रधानमन्त्री कार्कीले पहिलोपटक सम्बोधन गर्न लागेकी हुन्। उनले सरकारका प्राथमिकता र वाचा‌हरू सार्वजनिक गर्ने तयारी गरेकी छिन्। गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा यसको तयारी भइरहेको छ। मुख्यसचिवसहित केही सचिवहरू पनि यसमा संलग्न छन्।

प्रधानमन्त्रीको सम्बोधनअघि आज नै साँझ मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ।