२०४८ सम्म न्युजिल्याण्डमा एसियाली समुदायको जनसंख्या ३३% पुग्ने

233 Shares

स्ट्याट्स न्युजिल्याण्डले सार्वजनिक गरेको तथ्यांकअनुसार २०४८ सम्म आइपुग्दा न्युजिल्याण्डको करिब ३३ प्रतिशत जनसंख्या एसियाली समुदाय हुने अनुमान गरिएको छ । यो २०२३ मा रहेको १९ प्रतिशतको तुलनामा उल्लेखनीय वृद्धि हो ।

एसियाली समूहभित्र पनि भारतीय समुदायको जनसंख्या अनुपात २०२३ को ७ प्रतिशतबाट बढेर २०४८ मा करिब १२ प्रतिशत पुग्ने, र चिनियाँ समुदायको जनसंख्या ६ प्रतिशतबाट करिब ८ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ ।

यसैगरी, आगामी दुई दशकमा माओरी, पसिफिक र मध्यपूर्वी/ल्याटिन अमेरिकी/अफ्रिकी समुदायहरूको संख्या पनि औसतभन्दा बढी गतिमा बढ्ने अनुमान छ । यो विगतका दशकहरूमा देखिएको जनसांख्यिकीय प्रवृत्तिको निरन्तरता हो ।

त्यसैपटक, ‘युरोपेली वा अन्य (न्युजिल्याण्डवासीसहित)’ समूहमा पर्ने जनसंख्या भने करिब ३.५ मिलियनमा यथावत रहने देखिएको छ ।

सम्बन्धित समाचार

सबै