292
Shares
यस वर्षको विजयादशमी (बडा दशैं) को टिकाको शुभ साइत भोलि बिहीबार बिहान ११ बजेर २३ मिनेटमा परेको छ। अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अनुसार यही समयलाई न्युजिल्याण्डमा टिकाको लागि उत्तम मानिएको छ।
न्युजिल्याण्ड नेपालभन्दा करिब ७ घण्टा १५ मिनेट अघि रहेकाले यहाँ टिकाको साइत नेपालमा भन्दा बिहान पर्छ भने नेपालमा टिकाको साइत यहाँ दिउँसो हुने देखिन्छ।
न्युजिल्याण्डमा बसोबास गर्ने नेपालीहरूले आ–आफ्नो सुविधाअनुसार दशैं मनाउने तयारी गरेका छन्। कतिपय नेपालीहरूले बिहीबार विदा लिएर परिवारसँग दशैं मनाउने योजना बनाएका छन् भने कतिपयले काम सकेर वा काम जानु अघि टिकाको विधि पूरा गर्ने जनाएका छन्।
यसरी परदेशमा रहे पनि नेपाली समुदायले दशैंलाई धुमधामका साथ मनाउने परम्परा निरन्तरता दिँदै आएका छन्।