क्राइस्टचर्चबाट उडेको फिजी एयरको विमान चरा ठोक्किएपछि आकस्मिक अवतरण – New Zealand News Nepal (NZ News Nepal)

क्राइस्टचर्चबाट उडेको फिजी एयरको विमान चरा ठोक्किएपछि आकस्मिक अवतरण

   October 10, 2025  

क्राइस्टचर्चबाट नाडी (फिजी) का लागि उडान भरेको एउटा विमान उडेको केहीबेरमै चरा ठोक्किँदा आकस्मिक अवस्थाको सामना गर्नु परेको छ। उडान नम्बर FJI450 ले दिउँसो २:२४ बजे क्राइस्टचर्चबाट उडान भरेको थियो र इन्धन घटाई सुरक्षित अवतरण तौलमा ल्याउन करिब दुई घण्टा आकाशमै परिक्रमा गरेपछि ४:४२ बजे पुनः क्राइस्टचर्चमै सुरक्षित अवतरण गरेको हो।

बोइङ 737-808 विमानमा रहेका सबै यात्रु र चालकदल सुरक्षित रहेको फिजी एयरवेजले पुष्टि गरेको छ।

नागरिक उड्डयन प्राधिकरण (CAA) का प्रवक्ताका अनुसार, “प्रारम्भिक जानकारीअनुसार विमान उडान भरेसँगै ठूलो संख्यामा चरा भेटिएको र त्यही क्रममा ठोक्किएको अनुमान गरिएको छ।”

उक्त घटनापछि यात्रुहरूलाई अर्को उडान व्यवस्थापनबारे जानकारी दिइएको फिजी एयरवेजले जनाएको छ।
सुरक्षा प्रक्रिया अनुसार, चरा ठोक्किएको आशंकामा विमानलाई इन्धन घटाई हल्का बनाइएपछि मात्रै अवतरण गरिन्छ, यो प्रक्रिया यसै उडानमा पनि लागू गरिएको थियो।

सबै यात्रु सुरक्षित रहेकाले कुनै मानवीय क्षति नभएको पुष्टि गरिएको छ।