न्युजिल्याण्डमा कोरोनाको अवस्था भयावह बन्दै गएको छ । कुनै बेला सारा विश्व कोरोनाले आक्रन्त बनेको बेला न्युजिल्याण्ड ति मुलुकमा पर्थ्यो जस्ले कोरोना संक्रमणलाई सुन्यमा झार्न सफल भएको थियो । २०२०मा दैनिक १०-२० संक्रमित थपिदा न्युजिल्याण्डले कडा लकडाउन गरि ३ महिनामा नै कोरोनालाई पूर्ण रुपमा नियन्त्रणमा लिएको थियो । तर अहिले अवस्था फेरिएको छ । न्युजिल्याण्डमा कोरोना संक्रमण यसरी फैलिरहेको छ कि यस्तै अवस्था रहे न्युजिल्याण्डमा सबै मानिसमा कोरोना लाग्न मात्र केही हफ्ता लाग्ने छ । दैनिक संक्रमितको दर दोब्बर हुन थालेको छ । बुधवार न्युजिल्याण्डमा ३ हजारको हाराहारीमा संक्रमित थपिएका थिए । त्यस्तै हिजो बिहीबार त्यस्को दोब्बर अर्थात ६ हजार बढी संक्रमित थपिए । र आज मात्र न्युजिल्याण्डमा थप १२ हजार ११ जनामा संक्रमण देखिएको छ । न्युजिल्याण्डले पिसिआर बाहेक (Rapid Antigen) पद्दती बाट कोरोनाको परिक्षण सुरु गरेपछि संक्रमितको संख्या व्हातै बढेको हो । न्युजिल्याण्डमा कोरोनाको यस्तो भयावह अवस्थाको सिर्जना कसरी भयो भन्नेमा सरकार नै चकित छ । सरकारले कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेकोले न्युजिल्याण्डमा कोरोना नियन्त्रण भन्दा बाहिर गरेको भन्दै Out of Control को घोषणा गरेको छ । कोरोना संक्रमणलाई डेढ वर्ष अगाडि सुन्यमा झारेर चर्चा कमाएकी यहाँको प्रधानमन्त्री जसिन्डा आर्डेनको अहिले सबैले आलोचना गर्न थालएका छन् । स्वास्थ्यमन्त्रालयका अनुसार आज न्युजिल्याण्डमा ५ जना कोरोना संक्रमितको मृत्यु समेत भएको छ । यो संगै न्युजिल्याण्डमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ । संक्रमितको संख्या ५७ हजार ४ सय छ जसमध्ये ३९ हजार ७२० जना सकृय संक्रमितहरु छन् । ति मध्य २३७ जनाको अस्पातलमा उपचार भईरहेको छ । त्यस्तै आज १९ जना संक्रमित बोडरमा भेटिएको स्वास्थ्यमन्त्रालयले जनाएको छ ।


