Queenstown Airport न्युजिल्याण्डको उत्कृष्ट विमानस्थल घोषणा – New Zealand News Nepal (NZ News Nepal)

Queenstown Airport न्युजिल्याण्डको उत्कृष्ट विमानस्थल घोषणा

   October 11, 2025  

Blenheim मा आयोजित अवार्ड समारोहमा क्विन्सटाउन विमानस्थललाई न्युजिल्याण्डको उत्कृष्ट विमानस्थलको रूपमा घोषणा गरिएको छ।

South Island स्थित यो विमानस्थलले सुरक्षा, व्यावसायिकता र समुदायप्रतिको योगदान सबै क्षेत्रबाट उत्कृष्ट प्रदर्शन गरेको भन्दै NZ Airports Awards मा सम्मान प्राप्त गरेको हो।

नयाँ प्रमुख कार्यकारी अधिकृत (CEO) शेन ओ’हेयर ले पुरस्कार ग्रहण गर्दै यसलाई आफ्नो लागि “सम्‍मानको विषय” भएको बताए।

उनले भने,
“मैले यो पद सम्हालेको छोटो समयमै यहाँ भइरहेका कामको स्तर र टोलीको दक्षताले मलाई निकै प्रभावित बनाएको छ। यो सम्मान पूरै टोलीको अथक प्रयास र उपलब्धिको प्रतीक हो, चाहे त्यो पूँजीगत परियोजना होस्, समुदायसँगको समन्वय होस् वा व्यावसायिक सफलता।”

यस अवार्डले क्विन्सटाउन विमानस्थलको सेवागत गुणस्तर र व्यवस्थापन क्षमता मुलुकका अन्य विमानस्थलहरूका लागि उदाहरणीय बनेको संकेत गरेको छ।