न्युजिल्याण्डमा भाइटीकाको शुभ साइत २३ अक्टोबर बिहीबार बिहान ११:३१ बजे – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डमा भाइटीकाको शुभ साइत २३ अक्टोबर बिहीबार बिहान ११:३१ बजे

   October 16, 2025  

अन्तराष्ट्रिय पञ्चाङ निर्णय समितिले विदेशमा बस्ने नेपालीहरूको लागि यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ।

समितिका अनुसार, न्युजिल्याण्डमा २३ अक्टोबर बिहीबार, बिहान ११:३१ बजे भाइटीकाको साइत शुभ रहेको छ। न्युजिल्याण्डमा भाइटीकाको टिका लगाउँदै गर्दा नेपालमा भने बिहानको साढे ४ बजेको हुने छ।

नेपालमा भने सोही दिन नेपाली समयअनुसार बिहान ११:३९ बजे टिकाको शुभ साइत परेको समितिले जनाएको छ। सो समयमा न्युजिल्याण्डमा भने साँझ ७ बजेको हुने छ।