न्युजिल्याण्डमा यो वर्ष लक्ष्मी पूजा मंगलबार २१ अक्टोबरमा पर्न गएको छ । लक्ष्मी पूजा मंगलबार साँझ ७:४३ बजे देखि ९:५२ बजे सम्म गर्न उत्तम रहने बताइएको छ। नेपाल र भारतमा लक्ष्मी पूजा सोमबार, २० अक्टोबर मा परेको भए पनि, तिथिको फरकका कारण न्युजिल्याण्डमा लक्ष्मी पूजा एक दिन ढिला, अर्थात् २१ अक्टोबरमा पर्न गएको हो ।
यस दिन प्रदोष काल पनि साँझ ७:४३ बजे देखि ९:५२ बजे सम्म रहनेछ भने वृषभ काल साँझ ९:४५ देखि मध्यरात १२:०९ बजे सम्म हुनेछ।
अमावस्या तिथि न्युजिल्याण्डमा २० अक्टोबर रात ११:१४ बजे सुरु भई २२ अक्टोबर बिहान ०१:२४ बजे सम्म रहने छ।
लक्ष्मी पूजाको दिन घरमा देवी लक्ष्मीको विशेष आराधना, दीप प्रज्वलन गरिन्छ। यस दिन परिवारका सदस्यहरू आर्थिक समृद्धि, सुख, शान्ति र खुशियालीको कामना गर्दै पूजा गर्दछन्।
न्युजिल्याण्डमा भाइटीकाको साइत २३ अक्टोबर बिहीबार, बिहान ११:३१ बजे रहेको छ।


