न्युजील्याण्डका विदेशमन्त्री विन्स्टन पीटर्स अक्सफोर्ड यूनियन बहसमा सहभागी हुने – New Zealand News Nepal (NZ News Nepal)

न्युजील्याण्डका विदेशमन्त्री विन्स्टन पीटर्स अक्सफोर्ड यूनियन बहसमा सहभागी हुने

   October 22, 2025  

न्युजील्याण्डका विदेशमन्त्री तथा पूर्व उपप्रधानमन्त्री विन्स्टन पीटर्स प्रतिष्ठित The Oxford Union बहसमा सहभागी हुन लागेका छन्। यस पटकको बहसको प्रस्ताव विषय — “This house believes that courts are undermining democracy”.” रहेको छ।

पीटर्सले उक्त बहसमा अमेरिकाका वकिल, व्यवसायी र राजनीतिज्ञ आसा हचिन्सन सँग तर्क प्रस्तुत गर्नेछन्। हचिन्सन सन् २०१५ देखि २०२३ सम्म अर्कान्सासका राज्यपाल रहेका थिए ।

यस पटक अक्सफोर्ड यूनियनले नयाँ पहल गरेको छ, अब कुनै पनि यूनियन सदस्यले बहसमा भाग लिन र आफ्नै तर्क प्रस्तुत गर्न सक्नेछन्। यसअघि यूनियनका समितिका सदस्यहरूलाई मात्र यस्तो अधिकार थियो।

यस साता मन्त्री पीटर्स बेलायतमा हुने वार्षिक यूके–न्युजील्याण्ड विदेशमन्त्री संवाद मा आफ्नो ब्रिटिश समकक्ष यभेट कूपर सँग सहभागी हुनेछन्।

त्यसपछि उनी डेनमार्क, फिनल्यान्ड, आइसल्यान्ड, नर्वे र स्विडेन गरी पाँच देशको भ्रमण गर्नेछन्। स्टकहोममा रहँदा उनले पहिलो पटक आयोजना गरिँदै गरिएको न्युजील्याण्ड–नर्डिक ५ विदेशमन्त्री बैठक मा पनि सहभागी हुने कार्यक्रम छ।

अक्सफोर्ड विश्वविद्यालयमा हुने बहसमा पीटर्सले आफ्नो तर्क प्रभावशाली रूपमा प्रस्तुत गर्नुपर्नेछ, किनकि यो सत्रमा बहसमा भाग लिन तय भएका वक्ताहरूमा अमेरिकाका पूर्व उपराष्ट्रपति माइक पेन्स, हास्य कलाकार कोनन ओ’ब्रायन, अभिनेत्री हेलेना बोनह्याम कार्टर, र लेखक जर्ज आर. आर. मार्टिन जस्ता व्यक्तिहरू पनि रहेका छन्।