न्युजिल्याण्डमा खराब मौसम: वेलिङ्टन र क्राइस्टचर्चमा यी सार्वजनिक सेवाहरू बन्द हुने

192 Shares

न्युजिल्याण्डमा जारी भीषण हावाहुरी र खराब मौसमको कारण वेलिङ्टन र क्राइस्टचर्चमा आजका लागि धेरै सार्वजनिक सेवाहरू बन्द गरिएका छन्। मौसम विभागका अनुसार तीव्र हावा र वर्षाका कारण यातायातदेखि पार्कसम्मका सेवा प्रभावित भएका छन्।


खराब मौसमका कारण वेलिङ्टनभित्र र बाहिर चल्ने सबै रेल सेवाहरू आज बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म रद्द गरिएका छन्। यस अवधिमा हट भ्याली र कापिति लाइनका यात्रुहरूका लागि बस सेवाहरूको व्यवस्था गरिएको छ। तर, मेलिङ र जोन्सनभिल लाइनका यात्रुहरूका लागि बस विकल्प उपलब्ध हुने छैन।

त्यस्तै, वाइरारापा क्षेत्रका सबै रेल र बस सेवाहरू पनि पूरै दिनका लागि रद्द गरिएका छन्। अधिकारीहरूले मौसम सामान्य नहुँदासम्म यात्रुहरूलाई अनावश्यक यात्रा नगर्न आग्रह गरेका छन्।

यसैबीच, एयर न्यूजिल्याण्डका प्रमुख संचालन अधिकृत एलेक्स मारन ले वेलिङ्टन, क्राइस्टचर्च र डुनेडिनतर्फका केही उडानहरूमा अवरोध आउन सक्ने सम्भावना रहेको जनाएका छन्। उनले भने, “मौसमी अवस्थाअनुसार हाम्रो टोलीले यात्रुहरूलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याउने प्रयास गर्नेछ।” कम्पनीले यात्रुहरूलाई लचिलो टिकट विकल्प पनि उपलब्ध गराएको छ।

उता, Interislander फेरी सेवा भने हाल सामान्य रूपमा सञ्चालनमा रहेको जनाएको छ। फेरी सञ्चालक संस्थाले परिस्थिति अनुसार सेवामा आवश्यक समायोजन गर्न सकिने बताएको छ।

त्यस्तै, क्राइस्टचर्च सिटी काउन्सिल ले सावधानी अपनाउँदै बिहीबारका लागि धेरै पार्क र मनोरञ्जन स्थलहरू बन्द गर्ने निर्णय गरेको छ। बन्द हुने स्थानहरूमा Christchurch Botanic Gardens, Mona Vale, The Groynes, Bottle Lake Forest, Spencer Park, Horseshoe Lake Dog Park, Urumau Reserve, Pony Point, Victoria Park र Diamond Harbour’s Coastal Cliffs Track समावेश छन्।

सम्बन्धित समाचार

सबै