काठमाडौं– नवनियुक्त मन्त्रीद्वय सुधा गौतम र बब्लु गुप्ताले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शीतल निवासमा आयोजित एक समारोहबीच स्वास्थ्यमन्त्रीमा नियुक्त डा. सुधा शर्मा र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराए ।
अन्तरिम प्रधानमन्त्री कार्कीले ४ जनालाई मन्त्री नियुक्ति गर्न तयार गरे पनि श्रममन्त्रीमा सिफारिस खगेन्द्र सुनार र भूमिमन्त्रीमा सिफारिस भएका गणपतिलाल श्रेष्ठ विवादमा मुछिएपछि केही बेरअघि सूचीबाट नाम हटाएर २ जनालाई मात्र शपथ गराइएको हो ।
योसँगै कार्की नेतृत्वको मन्त्रिपरिषद् ९ सदस्यीय बनेको छ ।


