न्युजिल्याण्डको प्रमुख विपक्षी दल लेबर पार्टी ले आगामी २०२६ को आम निर्वाचनका लागि नयाँ स्वास्थ्य नीति घोषणा गरेको छ। पार्टीले भनेको छ —
“लेबरले सबै नागरिकका लागि वर्षमा तीन पटक निःशुल्क चिकित्सकसँग परामर्श गर्न सकिने व्यवस्था गर्नेछ। यो सेवा नयाँ ‘मेडिकार्ड’ प्रणालीमार्फत उपलब्ध हुनेछ । आगामी लेबर सरकार न्यूजिल्याण्डका नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नेछ।”
यो योजना कार्यान्वयन भएमा स्वास्थ्य सेवामा पहुँच सहज हुने र जनताका लागि नियमित स्वास्थ्य जाँचलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार, यो घोषणा लेबर पार्टीको चुनावी अभियानको मुख्य आकर्षण बन्न सक्छ, जसले आगामी निर्वाचनमा स्वास्थ्य क्षेत्रमा सुधार र समान पहुँचको मुद्दालाई केन्द्रमा ल्याउने संकेत गरेको छ।


