अटिजम भएका विद्यार्थीहरूको लागि नयाँ चार्टर स्कूल खोल्ने न्यूजील्याण्ड सरकारको घोषणा – New Zealand News Nepal (NZ News Nepal)

अटिजम भएका विद्यार्थीहरूको लागि नयाँ चार्टर स्कूल खोल्ने न्यूजील्याण्ड सरकारको घोषणा

   October 31, 2025  

न्यूजील्याण्डले अटिजम भएका किशोर–किशोरीहरूका लागि पहिलो पटक विशेष स्कूल खोल्ने घोषणा गरेको छ। यो स्कूल आगामी वर्षदेखि सञ्चालनमा आउनेछ।

सरकारले ‘अटिजम NZ शिक्षा हब’ (Autism NZ Education Hub) टर्म ३ देखि सञ्चालनमा आउने जानकारी दिएको छ। यो स्कूल विशेषगरी परम्परागत शिक्षा प्रणालीसँग संघर्ष गरिरहेका न्यूरोडाइभर्जेन्ट (neurodivergent) माध्यमिक विद्यार्थीहरूको लागि लक्षित गरिएको छ।

चार्टर स्कूल Autism NZ द्वारा प्रायोजित हुनेछ र वेलिंग्टन र अकल्यान्डमा क्याम्पसमार्फत सञ्चालन हुने छ। सुरुमा ९६ जना विद्यार्थीहरूलाई भर्ना गरिनेछ।

शिक्षा सहमन्त्री डेविड सिमोरले विद्यार्थीहरूको व्यक्तिगत क्षमता, रुचि र आवश्यकतालाई ध्यानमा राखेर उनीहरूका लागि व्यक्तिगत अध्ययन योजना बनाइने बताएका छन् ।

सरकारको यो कदम अटिजम भएका किशोरहरूको लागि समान शिक्षा अवसर सुनिश्चित गर्ने प्रयासको रूपमा देखिएको छ।