संसदमा हाका नाच्ने न्यूजील्याण्डकी सांसदलाई न्यूयोर्कमा सम्मान – New Zealand News Nepal (NZ News Nepal)

संसदमा हाका नाच्ने न्यूजील्याण्डकी सांसदलाई न्यूयोर्कमा सम्मान

   November 2, 2025  

न्यूजील्याण्डकी सबैभन्दा कान्छी सांसद हाना–राव्हिती माईपी–क्लार्क ले न्यूयोर्कमा प्रतिष्ठित ‘TIME100 Next’ पुरस्कार प्राप्त गरेकी छन्, जसअन्तर्गत उनलाई विश्वका सबैभन्दा प्रभावशाली उदाउँदा राजनीतिक नेताका रूपमा सम्मान गरिएको हो।

विश्वप्रसिद्ध TIME पत्रिकाले प्रत्येक वर्ष विभिन्न क्षेत्रका ती १०० उदाउँदा व्यक्तित्वलाई सम्मान गर्छ, जसले भविष्यको विश्वलाई आकार दिइरहेका छन्। यस वर्षको सूचीमा मनोरञ्जन, व्यवसाय, खेलकुद र राजनीति क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका नेताहरू समावेश छन्। TIME पत्रिकाले माईपी–क्लार्कबारे लेखेको छ – “गत वर्ष उनले संसदमा ‘ट्रिटी प्रिन्सिपल्स बिल’ को मतदानका क्रममा हाका प्रदर्शन गर्दै संसारलाई हल्लाइन्।” पत्रिकाले थप लेखेको छ – “साँचो प्रभाव उमेरले होइन, कार्यले नापिन्छ र कहिलेकाहीँ त्यो प्रभाव करियरको सुरुवातमै देखिन्छ।” २२ वर्षीया टे पाती माओरीकी सांसद माईपी–क्लार्कको यो उपलब्धिलाई न्यूजील्याण्ड र माओरी समुदायका लागि गौरवको विषयका रूपमा हेरिएको छ।