न्युजिल्याण्डमा आउदो वर्ष अर्थात २०२६ मा ११ वटा राष्ट्रिय सार्वजनिक बिदा परेको छ । यि ११ बिदामा देशभर पब्लिक होलिडे दिईने छ । यि बाहेक केही क्षेत्रमा भने क्षेत्रीय बिदा पनि दिईने छ ।
११ राष्ट्रिय बिदामा नयाँ वर्षको बिदा जनवरी १ र २ तारिकमा रहेको छ । त्यस्तै वाईताङी डे फेब्रुअरी ६ मा , गूड फ्राइडे फेब्रुअरी ३ मा, ईस्टर अप्रिल ६ मा, एन्ज्याक डे अप्रिल २५ मा, राजाको जन्मदिन १ जुनमा, माओरी नयाँ वर्ष अर्थात मातारिकी जुलाई १० मा, लेबर डे २६ अक्टोबरमा, क्रिसमस डे डिसेम्बर २५ मा र बक्सिङ डे डेसेम्बर २६ मा गरि ११ राष्ट्रिय सार्वजनिक बिदा रहेको छ ।
यसका अलावा बिभिन्न शहरहरुमा आ आफ्नो वार्षिकउत्सवका दिन सार्वजनिक बिदा दिईने छ ।


