भारतका व्यापार तथा उद्योग मन्त्री पियुष गोयल न्यूजील्याण्डको औपचारिक भ्रमणमा – New Zealand News Nepal (NZ News Nepal)

भारतका व्यापार तथा उद्योग मन्त्री पियुष गोयल न्यूजील्याण्डको औपचारिक भ्रमणमा

   November 7, 2025  

भारतका संघीय व्यापार तथा उद्योग मन्त्री पियुष गोयल न्यूजील्याण्डको औपचारिक भ्रमणमा रहेका छन् । भ्रमणका क्रममा गोयलले अकल्याण्ड बिजनेस चेम्बरद्वारा आयोजित भारत–न्यूजील्याण्ड व्यापार फोरममा भाग लिएका थिए। उक्त कार्यक्रममा उनी न्यूजील्याण्डका व्यापार मन्त्री टोड म्याक्ले सँग फायरसाइड च्याट मा सहभागी भए, जसको समन्वय चेम्बरका CEO साइमन ब्रिजेस ले गरेका थिए।

भारत–न्यूजील्याण्ड मुक्त व्यापार सम्झौता (FTA) को प्रस्तावित चौथो चरणको वार्ता ३–७ नोभेम्बर सम्म अकल्याण्डमा सञ्चालन हुँदैछ।

प्रधानमन्त्री नरेन्द्र मोदी र न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन बीचको बैठकलाई उल्लेख गर्दै गोयलले भने, “यो संवादले साझेदारीलाई नयाँ ऊर्जा दिएको छ र क्षेत्रीय सहकार्यका लागि दिशा निर्देश प्रदान गरेको छ।” उनले सागरीक, वन, खेलकुद, शिक्षा, प्रविधि, पर्यटन लगायतका क्षेत्रमा नयाँ सहयोगका अवसर खोज्न दुवै पक्षलाई आग्रह गरे।

गोयलले न्यूजील्याण्डमा ठूलो भारतीय व्यापार प्रतिनिधिमण्डलको उपस्थितिले भारतीय अर्थतन्त्रमा बढ्दो आत्मविश्वास र विकसित भारतको दृष्टि प्रतिनिधित्व गरेको बताए।प्रधानमन्त्री क्रिस्टोफर लक्सन भारतसँग व्यापार सम्झौता संसदको कार्यकाल भित्रै सम्पन्न हुने विश्वासमा छन्। भारतका व्यापार मन्त्री पियुष गोयल थप वार्ता गर्न न्यूजील्याण्ड आएका हुन्।

गोयलको भ्रमण वार्ताको चौथो चरण हो। मार्चमा लक्सन र म्याक्ले भारत भ्रमणमा गएर वार्ता सुरु गरेका थिए। गोयल आज आफ्नो न्यूजील्याण्डको भ्रमण सक्दै छन्।