लागू औषध परीक्षण प्रणाली अन्तर्गत चार प्रमुख ड्रग्स परीक्षण गर्ने सरकारको घोषणा – New Zealand News Nepal (NZ News Nepal)

लागू औषध परीक्षण प्रणाली अन्तर्गत चार प्रमुख ड्रग्स परीक्षण गर्ने सरकारको घोषणा

   November 11, 2025  

सरकारले आज लागू औषध परीक्षण प्रणाली अन्तर्गत परीक्षण गरिने चार प्रमुख ड्रग्स परीक्षण घोषणा गरेको छ।

यातायात मन्त्री क्रिस बिशपले भने, “ड्रग सेवन गरेर गाडी चलाउने चालकहरू न्यूजिल्याण्डका सडकमा खतरा हुन्। करिब ३०% सडक दुर्घटनामा ड्रग्सको असर देखिन्छ। यदि तपाईंले ड्रग्स सेवन गरेर गाडी चलाउनु भयो भने, निर्दोषको जीवन जोखिममा पार्दै हुनुहुन्छ र हामी यसलाई सहन सक्दैनौं। सडक छेउमा ड्रग्स परीक्षण सुरु गर्नु भनेको सुरक्षित सडक र दुर्घटनामा कमी ल्याउने व्यावहारिक कदम हो।”

नयाँ प्रणाली अनुसार, प्रहरीले नयाँ ओरल–फ्लुइड (saliva) परीक्षण उपकरण प्रयोग गरी कुनै पनि मोटर सवारी रोक्न सक्नेछन् र चालकमा चार प्रमुख ड्रग्सको सेवन गरेको छ कि छैन परीक्षण गर्न सक्नेछन्।

प्रहरी मन्त्री मार्क मिशेलले नयाँ उपकरणले THC (भाँग/गाँजा), मेथाम्फेटामिन (मेथ), MDMA (एक्स्टसी) र कोकेनको उपस्थिति पत्ता लगाउने आज घोषणा गरे ।

“डिसेम्बरदेखि वेलिङ्टनमा परीक्षण सुरु हुनेछ र अप्रिल २०२६ देखि यसलाई क्रमिक रूपमा देशव्यापी विस्तार गरिनेछ। सन् २०२६ को मध्यसम्ममा सबै क्षेत्रमा लागू हुने अपेक्षा छ,” मिशेलले भने।

ड्रग्स परीक्षण कसरी सञ्चालन हुने

नयाँ प्रणाली अन्तर्गत प्रहरीले कुनै पनि समयमा कुनै पनि मोटर सवारी रोकेर चालकमा ड्रग्सको सेवन गरेको छ कि छैन परीक्षण गर्न सक्नेछन्।

पहिलो परीक्षणमा छिटो टङ्ग–स्वाइप (tongue swipe) गरेर ड्रग्स पत्ता लगाइनेछ, जसमा केही मिनेट मात्र लाग्नेछ। Negetaive नतिजा आउने अधिकांश चालकहरू करिब पाँच मिनेटमा जान सक्नेछन्।

यदि परीक्षण Positive आएमा, प्रहरीले थप नमूना ल्यान्ड प्रयोगशालामा पठाउनेछ। सडक छेउ परीक्षण उपकरणले चार प्रमुख ड्रग्स पत्ता लगाउने भए पनि, प्रयोगशालाले २५ वटा पदार्थसम्म परीक्षण गर्न सक्नेछ।

यसपछि दोस्रो परीक्षण गरिनेछ। दोस्रो परीक्षणमा पनि Positive नतिजा आएमा, तत्काल सडक सुरक्षा जोखिमलाई मध्यनजर गर्दै चालकलाई १२ घण्टासम्म गाडी चलाउन निषेध गरिनेछ। प्रयोगशालाबाट सकारात्मक नतिजा आउने चालकलाई नियम उल्लंघन नोटिस जारी गरिनेछ।

सडक छेउ परीक्षणमा असहयोग गर्ने वा परीक्षण अस्वीकार गर्ने चालकहरूलाई पनि उल्लंघन नोटिस जारी गरिनेछ।