२ वर्षपछि आज मध्यरातबाट न्युजिल्याण्डको बोडर खुल्दै , पहिलो चरणमा यस्ता छन् व्यवस्था – New Zealand News Nepal (NZ News Nepal)

२ वर्षपछि आज मध्यरातबाट न्युजिल्याण्डको बोडर खुल्दै , पहिलो चरणमा यस्ता छन् व्यवस्था

   February 27, 2022  

करिब दुईवर्षको अन्तरालपछि अन्तत: न्युजिल्याण्डको बोडर आज मध्यरातबाट अन्तरराष्ट्रिय रुपमा खुल्ने भएको छ । सरकारले जारी गरेको बोडर सुचारुको नयाँ व्यवस्था अनुसार आज मध्यरातबाट न्युजिल्याण्डको बोडर खुल्न लागेको हो । पहिलो चरणमा अष्ट्रेलियाबाट आउने न्युजिल्याण्डका नागरिकलाई बोडर खुल्न लागेको हो । यस्कोलागि न्युजिल्याण्ड प्रवेश गर्ने व्यक्तीले पूर्ण रुपमा खोप लगाएको हुनु पर्ने छ । त्यस्तै ति व्यक्तीले कम्तिमा १४ दिन न्युजिल्याण्ड वा अष्ट्रेलिया बसोबास गरेको हुनु पर्ने छ । त्यस्तै अष्ट्रेलियाबाट उड्नु अगाडि कोरोनाको परिक्षण पनि अनिवार्य गरिएको छ । त्यस्तै टापु देशहरु नौरु, तुभालु र समोवाबाट आउनेलाई आइसोलेसन बस्नु नपर्ने व्यवस्था पनि गरिएको छ ।

अष्ट्रेलियाबाट को को न्युजिल्यान्ड प्रवेश गर्न पाउने ?

-न्युजिल्याण्डका नागरिक
– न्युजिल्याण्डको पिआर पाएका
– अष्ट्रेलियाली नागरिक वा अष्ट्रेलियाको पिआर पाएका न्युजिल्याण्डका नागरिक
– अत्यावश्यक र गम्भिर कारणले यात्रा गर्न भिसा पाएकाहरु
– न्युजिल्याण्डका नागरिकका पार्ट्नर र परिवारका सदस्यहरु (डिपेन्डेण्ट)

दोस्रो चरणको बोडर भने १३ मार्च मध्यरातबाट खुल्ने छ जस्मा विश्वको जुनसुकै ठाउँमा रहेका न्युजिल्याण्डका नागरिकहरु न्युजिल्याण्ड आउन पाउने छन् ।