अस्ट्रेलियामा ट्रकले कारलाई ठक्कर दिँदा नेपाली दम्पती र छोराको मृत्यु

371 Shares

अस्ट्रेलियास्थित भिक्टोरिया राज्यको ग्रामीण क्षेत्र स्टोनलीमा सवारी दुर्घटना हुँदा तीनजना नेपालीको मृत्यु भएको छ । सब वेबाट मेन रोडमा निस्किने क्रममा मालबाहक ट्रकले कारलाई ठक्कर दिँदा दम्पती र उनीहरूका छोराको मृत्यु भएको हो ।

नेपालमा उनीहरू चितवनका भएको खुलेको छ । ज्यान गुमाउनेमा कार चालक ४१ वर्षीय पुरुषसहित ३१ वर्षीया एक महिला र तीन वर्षीय बालक रहेका छन् ।

दुर्घटनामा घाइते एकजना वृद्धाको भने उपचार भइरहेको छ । ती वृद्धा मृतक महिलाकी आमा रहेको खुलेको छ।

घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरी अस्पताल लगिएको थियो । ट्रक चालक दुर्घटनामा सामान्य घाइते भएका छन् ।

सम्बन्धित समाचार

सबै