NZ to Nepal: बिराटनगर किङ्सबाट एनपीएल खेल्न न्युजिल्याण्ड क्रिकेटर मार्टिन गप्टिल काठमाडौंमा

183 Shares

नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ खेल्नका लागि अन्तर्राष्ट्रिय स्टार, न्युजिल्याण्ड क्रिकेटर मार्टिन गप्टिल काठमाडौं आइपुगेका छन्। उनी शनिबार सिंगापुर एयरलाइन्समार्फत काठमाडौं आएका हुन्।

बिराटनगर किङ्सका तर्फबाट खेल्न आएका गप्टिल यसअघि २०२4 को पहिलो संस्करणमै सहभागी भएका थिए। त्यही संस्करणमा उनले लिगको इतिहासमै पहिलो हाफ–सेन्चुरी प्रहार गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए।

एनपीएल २०२५ का लागि बिराटनगर किङ्सले पुनः अनुबन्धन गरेको गप्टिललाई यस वर्ष टोलीका मुख्य खेलाडीका रूपमा हेरिएको छ। उनका साथमा प्रख्यात दक्षिण अफ्रिकी क्रिकेटर फाफ डु प्लेसिससहित अन्य अन्तर्राष्ट्रिय खेलाडीहरू पनि बिराटनगर किङ्समा खेल्नेछन्।

मार्टिन गुप्टिलको आगमनसँगै बिराटनगर किङ्सको बलियो टिम संयोजन झनै मजबुत भएको छ भने समर्थकहरू बीच टिमप्रति उत्साह पनि बढेको छ।

सम्बन्धित समाचार

सबै