आगामी वर्ष अप्रिलदेखि न्यूजिल्याण्डमा Minimum Wage न्यूनतम तलब २ प्रतिशतले बढ्ने भएको छ। सरकारले गरेको निर्णयअनुसार हाल रहेको प्रतिघण्टा न्यूनतम तलब $23.50 बाट बढेर $23.95 हुने छ।
वर्कप्लेस रिलेसन्स मन्त्री ब्रुक भान भेल्डेनले यो निर्णय रोजगार मन्त्रालय (MBIE) ले दिएको सिफारिसअनुसार गरिएको बताइन्। सरकारका अनुसार श्रमिकहरूको क्रयशक्ति जोगाउन र आर्थिक अवस्थालाई सन्तुलित राख्न न्यूनतम तलबमा सानो समायोजन आवश्यक भएको हो।
नयाँ दर आगामी अप्रिलदेखि देशभर लागू हुनेछ।


