12K
Shares
करिब ९ वर्षपछि नेपाली चर्चित ब्याण्ड नेपथ्य ले न्यूजील्याण्डको अकल्याण्डमा कन्सर्ट गर्ने भएको छ।
लाखे इभेन्ट्सको आयोजनामा अकल्याण्डमा नेपथ्यको कन्सर्ट हुन लागेको हो।
हालसम्म कन्सर्टको मिति, स्थान तथा टिकटसम्बन्धी विस्तृत जानकारी भने सार्वजनिक गरिएको छैन।
आयोजकका अनुसार नेपथ्यको कन्सर्टको मिति र आयोजना हुने स्थान फेब्रुअरी १ तारिखमा औपचारिक रूपमा सार्वजनिक गरिने बताइएको छ।
फेब्रुअरी १ मा हुने औपचारिक घोषणापछि टिकट बिक्री, कार्यक्रम सम्बन्धी अन्य जानकारी पनि क्रमशः सार्वजनिक गरिनेछ।
यसअघि नेपथ्यले सन् २०१७ को जुलाई महिनामा अकल्याण्डमा आफ्नो प्रस्तुति दिएको थियो।
करिब ९ वर्षपछि अकल्याण्डमा नेपथ्यको कन्सर्ट पुनः हुन लागेको हो।