न्युजिल्याण्डमा कोरोना संक्रमितको संख्या एक लाख नजिक, आज थपिए १९,६५५ संक्रमित – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डमा कोरोना संक्रमितको संख्या एक लाख नजिक, आज थपिए १९,६५५ संक्रमित

   March 1, 2022  

न्युजिल्याण्डमा आज झन्डै २० हजार कोरोना संक्रमित थपिएका छन् । आज देशभर १९ हजार ६५५ जनामा कोरोनाको संक्रमण भेटिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार यो सँगै न्युजिल्याण्डमा सकृय संक्रमितको संख्या एक लाख नजिक पुगेको छ । मन्त्रालयका अनुसार न्युजिल्याण्डमा हाल ९९ हजार ८५९ जनामा कोरोनाको संक्रमण छ । जस्मा ३७३ जनाको अस्पतालमा उपचार भईरहेको छ।