दिउँसो १२:५५ बजे राष्ट्रको नाममा सम्बोधन गर्दै न्युजील्याण्डका प्रधानमन्त्री

244 Shares

न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले आज राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन्। आज दिउँसो १२:५५ बजे हुने उक्त सम्बोधनलाई यस वर्ष आम निर्वाचनको वर्ष भएकाले विशेष महत्त्वका साथ हेरिएको छ।

स्रोतहरूका अनुसार प्रधानमन्त्री लक्सनले आफ्नो सम्बोधनमार्फत आगामी आम निर्वाचनको मिति घोषणा गर्न सक्ने सम्भावना पनि रहेको छ। न्युजील्याण्डको कानुनी प्रावधानअनुसार आम निर्वाचन १९ डिसेम्बरअगावै सम्पन्न गर्नुपर्ने व्यवस्था छ।

हाल राष्ट्रिय पार्टी पछिल्ला जनमत सर्वेक्षणमा चुनौतीको सामना गरिरहेको अवस्थामा प्रधानमन्त्रीको यो सम्बोधनलाई राजनीतिक दृष्टिले पनि निकै महत्त्वपूर्ण मानिएको छ। निर्वाचनको तयारी, आर्थिक अवस्था र आगामी प्राथमिकताबारे प्रधानमन्त्रीले स्पष्ट सन्देश दिने अपेक्षा गरिएको छ।

विशेषगरी आर्थिक सुधार, जीवनयापन खर्च, स्वास्थ्य सेवा र रोजगारी जस्ता मुद्दाहरू सम्बोधनमा प्रमुख एजेन्डा बन्न सक्ने अनुमान गरिएको छ। प्रधानमन्त्रीको आजको सम्बोधनले चुनावी माहोललाई थप स्पष्ट दिशा दिने विश्वास गरिएको छ।

सम्बन्धित समाचार

सबै