न्युजील्याण्डमा आम निर्वाचनको मिति घोषणा, ७ नोभेम्बरमा हुने छ प्रतिनिधि सभाको निर्वाचन – New Zealand News Nepal (NZ News Nepal)

न्युजील्याण्डमा आम निर्वाचनको मिति घोषणा, ७ नोभेम्बरमा हुने छ प्रतिनिधि सभाको निर्वाचन

   January 21, 2026  

न्युजील्याण्डमा ५४औँ संसद गठनका लागि आम निर्वाचन ७ नोभेम्बर, शनिबार हुने भएको छ। प्रधानमन्त्री क्रिस्टोफर लक्सनले आज औपचारिक रूपमा निर्वाचनको मिति घोषणा गरेका हुन्।

नेसनल पार्टीको यस वर्षको पहिलो संसदीय दलको बैठकको अन्तिम दिन आज निर्वाचन मिति सार्वजनिक गरिएको हो।

आगामी आम निर्वाचनमार्फत १२० सिटका लागि सांसद चयन गरिनेछ। एमएमपी (MMP) प्रणालीअन्तर्गत हुने यस निर्वाचनमा मतदाताले पार्टी र उम्मेदवार दुवैलाई मतदान गर्नेछन्।

प्रधानमन्त्री लक्सनले निर्वाचन मिति घोषणा भएपछि सरकार नियमित कामकाजमा केन्द्रित रहने र राजनीतिक दलहरू चुनावी तयारीमा जुट्ने बताएका छन्।

नोभेम्बरमा हुने यस निर्वाचनलाई न्युजील्याण्डको राजनीतिक भविष्यका लागि महत्वपूर्ण मानिएको छ।