न्युजील्याण्ड कहिले आउँदैछ ‘नेपथ्य’ ?

435 Shares

न्युजील्याण्डमा बसोबास गर्ने नेपाली संगीतप्रेमीहरूका लागि चर्चित लोक–रक ब्याण्ड नेपथ्यको बहुप्रतीक्षित कन्सर्टबारे चासो तीव्र रूपमा बढ्दै गएको छ। आयोजक लाखे इभेन्ट्सले न्युजील्याण्डमा नेपथ्यको कन्सर्ट आयोजना गर्ने घोषणा गरेसँगै देशभरका नेपाली समुदायमा उत्साह फैलिएको हो।

यद्यपि, हालसम्म कन्सर्ट कहिले र कहाँ आयोजना हुनेछ भन्ने विवरण सार्वजनिक गरिएको छैन। आयोजकका अनुसार नेपथ्यको कन्सर्टको मिति र आयोजना हुने स्थान फेब्रुअरी १ तारिखमा औपचारिक रूपमा सार्वजनिक गरिने बताइएको छ।

न्युजील्याण्डमा बसोबास गर्ने नेपालीहरू लामो समयदेखि नेपथ्यको प्रत्यक्ष प्रस्तुतीको प्रतीक्षामा रहेका छन्। यसअघि सन् २०१७ मा न्युजील्याण्ड आएका नेपथ्यका सदस्यहरू करिब ९ वर्षपछि पुनः अकल्यान्डमा प्रस्तुती दिन तयारीमा रहेका बताइएको छ, जसले प्रशंसकहरूलाई अझ उत्साहित बनाएको छ।

आयोजकका अनुसार फेब्रुअरी १ मा हुने औपचारिक घोषणापछि टिकट बिक्री, कार्यक्रम सम्बन्धी अन्य जानकारी पनि क्रमशः सार्वजनिक गरिनेछ। नेपथ्यको कन्सर्ट सधैँ उच्च दर्शक सहभागिता र ऊर्जा पूर्ण प्रस्तुतीका लागि परिचित रहँदै आएको छ, र यसपटकको कन्सर्टले पनि न्युजील्याण्डस्थित नेपाली समुदायलाई विशेष उत्साह दिने विश्वास गरिएको छ।

सम्बन्धित समाचार

सबै