Mt Maunganui मा पहिरो: बेपत्ताको खोजी जारी

145 Shares

न्युजील्याण्डको उत्तरी भागमा जारी भीषण वर्षाका कारण ठूलो जनधनको जोखिम सिर्जना भएको छ। Mt Maunganui मा रहेको एक होलिडे पार्कमा पहिरो खस्दा क्याम्परभ्यानहरू पुरिँदा बालबालिकासहित कैयौँ व्यक्ति बेपत्ता भएका छन्।

उद्धारकर्मीहरूले घटनास्थलमा अझै उद्धार कार्य जारी रहेको जनाएका छन्। यद्यपि, बिहानदेखि पहिरोको भग्नावशेषभित्रबाट कसैको आवाज नसुनिएको बताइएको छ, जसले अवस्था झनै चिन्ताजनक बनेको छ। आपतकालीन सेवाहरूले सबै सम्भावित माध्यम प्रयोग गरी खोजी कार्य तीव्र बनाएका छन्।

यसैबीच, Papamoa मा पनि पहिरोका कारण एक घर प्रभावित हुँदा दुई जना व्यक्ति बेपत्ता भएका छन्। स्थानीय बासिन्दालाई सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको छ भने जोखिमयुक्त क्षेत्रमा थप सतर्कता अपनाउन आग्रह गरिएको छ।

अत्यधिक वर्षा र आँधीका कारण North Island को पूर्वी तटमा हजारौँ घरधुरी विद्युत् सेवाबाट वञ्चित भएका छन्। विद्युत् आपूर्तिमा अवरोध आएपछि सञ्चार र आवागमनसमेत प्रभावित भएको छ।

सम्बन्धित समाचार

सबै