Mount Maunganui पहिरो: कम्तीमा ६ जना बेपत्ता, Papampoa मा दुई जनाको मृत्यु

261 Shares

Mount Maunganui स्थित एक होलिडे क्याम्पमा पहिरो जाँदा कम्तीमा छ जना व्यक्ति बेपत्ता भएका छन्। बेपत्ता हुनेहरूमा दुई जना किशोर–किशोरी समेत रहेको पुष्टि गरिएको छ। पहिरोपछि घटनास्थलमा ठूलो क्षति पुगेको छ भने उद्धारकर्मीहरूले अविरल रूपमा भग्नावशेषमा खोजी कार्य जारी राखेका छन्।

आपतकालीन सेवाका अनुसार हालसम्म भेटिएका सूचनाका आधारमा घटनास्थलमा थप तीन जना व्यक्ति पनि उपस्थित हुनसक्ने आशंका गरिएको छ। उनीहरूको अवस्थाबारे पुष्टि हुन नसकेकाले उद्धार टोलीले खोजी दायरा अझै विस्तार गरेको जनाएको छ।

यसैबीच, पापामोआमा एक घरमा पहिरो खस्दा ज्यान गुमाउने दुई जना हजुरआमा र उनको नाति भएको आरएनजेड (RNZ) ले जनाएको छ। वेलकम बे रोडस्थित उक्त घरबाट बिहीबार प्रहरीले दुई जनाको शव उद्धार गरेको हो।

यसअघि सोही सडकतर्फ पहिरो खस्दा दुई जना व्यक्ति बेपत्ता रहेको प्रहरीले जानकारी दिएको थियो। न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले वेलकम बेमा एक चिनियाँ नागरिकको मृत्यु भएको पुष्टि गरेका छन्।

उक्त घरमा रहेका अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन्।

बिहान सबेरै खसेको पहिरोका कारण वेलकम बे रोडको कम्तीमा एक घरमा क्षति पुगेको छ भने अन्य घरहरू पनि सुरक्षाका कारण खाली गराइएको छ।

प्रहरीले मृतकका आफन्तलाई सहयोग गरिरहेको जनाएको छ।

उता, भीषण आँधीका कारण गिस्बोर्नका तटीय समुदायहरू अझै पनि बाहिरी संसारसँग सम्पर्कविहीन अवस्थामा रहेका छन्। सडक अवरुद्ध र सञ्चार सेवा प्रभावित हुँदा स्थानीय बासिन्दाहरूलाई अत्यावश्यक सेवा पुर्‍याउन कठिनाइ भइरहेको छ।

त्यसैगरी, कोरोमण्डेल क्षेत्रका केही राजमार्गहरू बन्द रहने जानकारी दिइएको छ। अधिकारीहरूले सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न, स्थानीय प्रशासन र आपतकालीन निकायको निर्देशन पालना गर्न आग्रह गरेका छन्।

सम्बन्धित समाचार

सबै