न्युजिल्याण्डको सिमामा लगाएको प्रतिबन्ध थप खुकुलो हुने भएको छ । आज अर्थात मार्च ४ शुक्रबार मध्यरातबाट विश्वका जुन सुकै ठाउँमा रहेका न्युजिल्याण्डका नागरिकहरु घर फर्किन पाउने भएका छन् । सरकारले बोडर खोल्न ल्याएको नयाँ व्यवस्था अनुसार आज मध्यरातबाट न्युजिल्याण्डका सबै नागरिकले न्युजिल्याण्ड प्रवेश गर्न पाउने छन् । यस्का लागि आइसोलेशन बस्नु नपर्ने प्रावधान ल्याएको छ । तर न्युजिल्याण्ड प्रवेश गर्ने हरेक नागरिकले कोरोना बिरुद्द्को खोप लगाएको हुनु पर्ने छ भने न्युजिल्याण्ड प्रवेश गर्नु अगाडि कोरोना परिक्षण गर्नु पर्ने छ ।



