ओलीलाई बालेनको जवाफ: ‘हत्यारा’सँग एउटै मञ्चमा बसेर बहस गर्न नसकिने – New Zealand News Nepal (NZ News Nepal)

ओलीलाई बालेनको जवाफ: ‘हत्यारा’सँग एउटै मञ्चमा बसेर बहस गर्न नसकिने

   January 25, 2026  

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अघि सारिएका नेताहरूबीच सार्वजनिक बहसको आह्वान गरेका छन्।

शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्ता बहसमा आफू सहभागी हुन तयार रहेको बताएका थिए। त्यसको भोलिपल्ट आइतबार बिहान उनले सामाजिक सञ्जालमार्फत् औपचारिक रूपमा सार्वजनिक बहसको प्रस्ताव अघि सारेका हुन्।

तर राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाहले ओलीको आह्वानप्रति तीखो प्रतिक्रिया जनाएका छन्। ओलीकै सामाजिक सञ्जाल स्टाटसमा टिप्पणी गर्दै बालेनले आफू “हत्यारा र उसका मतियारसँग” एउटै मञ्चमा बसेर बहस गर्न नसक्ने स्पष्ट पारेका छन्।

उनले ७६ जना बालबालिकाको हत्यासँग जोडिएको आरोप उल्लेख गर्दै त्यस्ता व्यक्तिसँग एउटै मञ्चमा उभिनु भनेको आफू पनि त्यसैको हिस्सेदार ठहरिने धारणा व्यक्त गरेका छन्। बालेनको यो कडा प्रतिक्रियाले राजनीतिक वृत्तमा बहसको विषय थप चर्किएको छ।